
हेटौंडा \ हेटौंडामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । हेटौंडा १० आनन्दटोलमा आफ्नो डेरामा मृत अवस्थामा उनी भेटिएका हुन् ।
शनिबार दिउँसो हेटौंडा १० आनन्द टोल स्थित सत्य नारायण सिलवालको घरमा डेरा गरी बस्ने लम्जुङ् घर भएको अन्दाजी २९/३० वर्षीय अमृत पन्थि कोठमा मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। विहान अबेर सम्म नउठेपछी घर धनीले प्रहरीलाई खबर गरेका थिए।
कोठा खोलेर हेर्दा पुरुष मृत अवस्थामा भेटिएको हो। घटनास्थललाई सुरक्षित राखेर शवको मुचुल्का उठाइ घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।








