
खबरबाकस \ मकवानपुरमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जना कारोना मुक्त भएका छन्।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १५८ जनाको कोरोना जाँच गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो। १४१ जनाको पिसिआर विधि र १७ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा ३७ जनामा मात्र संक्रमण पुष्टि भएको हो।
मकवानपुरको आजको कोरोना संक्रमित दर २३ प्रतिशत रहेको छ।








