मुख्य खबरसमाचार

मकवानपुरमा थप २१ जनामा कोरोना

संवाददाता

खबरबाकस \ मकवानपुरमा बिहीबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा  ८५ जनाको कोरोना जाँच गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ८३ जनाको पिसिआर बिधि र २ जनाको एन्टिजेनबाट  कोरोना जाँच गरेकोमा २१ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।  मकवानपुरको आजको कोरोना संक्रमित दर ५ प्रतिशत रहेको छ । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५०७१ रहेको छ ।

त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका ३६ जना कोरोना मुक्त भएका हुन । हाल सम्म मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १४ हजार ६ सय ६० रहेको छ।