मुख्य खबरसमाचार

नागरिक समाज र हेटौंडा अस्पतालबीच छलफल

संवाददाता

खबरबाकस \ नागरिक समाज मञ्च मकवानपुर र हेटौंडा अस्पताल पदाधिकारीबीच छलफल भएको छ । समितिका सदस्य उत्सव चौलागाई, हिरालाल तामाङ , अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटा सहित नागरिक समाज मञ्च मकवानपुरका संयोजक रमिला सापकोटा, बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, तिर्थबहादुर थापामगर लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

नागरिकले पनि निगरानी राख्नुपर्छ भन्दै अस्पतालको विषयमा नागरिक समाजले नजिकबाट निगरानी पश्चात देखीएका समस्याको विषयमा छलफल गरिएको थियो ।नागरिक समाजको तर्फबाट अस्पतालमा एम्बुलेन्स समस्याका साथै फोननै नउठाउने समस्या रहेको भन्दै टिकट काउन्टरमा भिडभाड भएकाले र त्यसको केही व्यवस्थित गरिनुपर्ने, डाक्टरहरु निजी क्लिनिकमा भेटिने, बिमाका निशुल्क पाउने औषधि नपाइनु, बाहिर तोकिएको मेडिकलमा किन्न पठाइनु जस्ता काम भएको छलफलको क्रममा उठेका थिए ।

कोभिडको उपचारमा भने उत्कृष्टता हासिल गरेको अस्पतालले कर्मचारीबाट विरामी तथा कुरुवा माथि हप्किदप्कि गरिनुका साथै समयसिमा सम्म डाक्टर अस्पतालमा नबस्नाले समस्या उत्पन्न भएको नागरिक समाजले जनाएको छ । अस्पतालभित्र विरामी बालबालिकाको लागि छुट्टै सेवा सुविधा रहनुपर्ने बताउदैं सविरामीलाई छिटो सेवा दिने व्यवस्थापन गरिनुपर्ने बताइएको थियो ।

छलफलको क्रममा निमित्त मेसु रामचन्द्र सापकोटाले ५० बेडको अस्पताल रहेको अवस्थामा सरकारले दिएको अधिकार जुन ५० बेडको रहन्छ त्यो भन्दा नि सेवा बढि दिएकोले भिड बताए । अन्य स्थानका ५० बेडको अस्पतालले दिएको सेवा भन्दा हामीले बढि विरामीलाई सेवा प्रदान गरेकाले भीडभाड बढेको बताए ।

सरकारले ओपिडी सेवा पनि तोकिएको हुन्छ तर हामीले तोकिएको भन्दा बढी सेवा दिएको र क्वालिटि र रिसर्च मा रहेर काम गरिरहेको बताएका थिए । उनले जेनरल ओपिडी सेवा छुट्टै गर्न सकिए भीडभाड कम हुनका साथै अन्य सेवाहरु सहज रुपमा दिन सकिने बताए ।