मुख्य खबरसमाचार

मकवानपुरमा थप १५ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १०२ जनाको कोरोना जाँच गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। ७५ जनाको पिसिआर बिधि र २७ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा १५ जनामा मात्र संक्रमण पुष्टि भएको हो।