
खबरबाकस \ नेकपा एकीकृत समाजवादी (एस)ले बागमती प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ। नेकपा (एस)को संसदीय दलको नेतामा राजेन्द्र प्रसाद पाण्डे चयन भएका छन् ।
नेकपा एस केन्द्रीय सदस्य समेत रहेका पाण्डे आज बागमती प्रदेश सभा परिसरमा बसेको पहिलो बैठकले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको हो। निर्वाचन आयोगले प्रदेश सभा सचिवालयलाई पार्टीको विषयको पत्र पठाए लगत्तै बैठक बसेको हो ।
बैठकले संसदीय दलको विधान समेत पास गरेको छ भने मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नहुने दलका नेता पाण्डेले बताउनुभयो । नेकपा एसको बागमती प्रदेशसभामा १३ जना सांसद संख्या रहेको छ। एमालेका १३ सांंसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्व अल्पमतमा परेको छ।








