मुख्य खबरसमाचार

नेपाली कांग्रेसको अधिवेशन कार्यतालिका परिवर्तन

संवाददाता

काठमाडौं \ नेपाली कांग्रेसको विभिन्न तहको अधिवेशनको कार्यतालिका परिवर्तन गरिएको छ । नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्नुपर्ने भएको हो ।

यसअघि भदौ १८ गते शुरु भएको वडा अधिवेशन भदौ २६ गते सक्ने कार्यतालिका रहेको थियो । २० जिल्लाको क्रियाशिल सदस्यता अझै सार्वजनिक नभएकाले कार्यतालिका परिवर्तन गरिएको जनाइएको छ । गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने गरी कार्यतालिका आएको छ ।

त्यस्तै, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते र प्रदेश तहको अधिवेशन कात्तिब १०, ११ र १२ गते हुनेछ । केन्द्रीय महाधिवेशन भने मंसिर ९–१३ गतेसम्म हुने कार्यतालिकालाई यथावत छ ।

 

NC-Election-Schedule-1631285194.jpg