मुख्य खबरसमाचार

मकवानपुरमा थप १४ जनामा कोरोना पुष्टि

संवाददाता

हेटौंडा \ मकवानपुरमा बुधबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनानै मुक्त भएका छन।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ९८ जनाको कोरोना जाँच गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ८३ जनाको पिसिआर बिधिबाट र १५ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट १४ र एन्टिजेनबाट सुन्य गरी जम्मा १४ जनामा संक्रमण पुष्टि भएको हो।