मुख्य खबरसमाचार

दलका नेताले फुटाए वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा लगाइएको ताला

संवाददाता

विराटनगर \ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवासमेत बन्द हुने गरी चिकित्सक तथा कर्मचारीले आन्दोलन थालेपछि त्यसको उल्टो विरोधमा राजनीतिक दलहरु उत्रिएका छन् ।

नेकपा (एमाले) राप्रपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चले चिकित्सक कर्मचारीको आन्दोलनविरुद्ध प्रर्दशन गरेका छन् । सोमबार दलका प्रतिनिधिले संघर्ष समितिले उपकुलपति कार्यालयमा लगाएको ताला फुटाइ दिएका छन् । ताला फुटाउने क्रममा दलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सची चलेको छ ।

एमाले धरान अध्यक्ष हर्क एभेङले ओपीडी सेवासमेत अवरुद्ध हुने गरी बिरामीलाई दुःख दिएकोले आफूहरुले त्यसविरुद्ध आवाज उठाएको दाबी गरेका छन् । बिरामीले उपचार सेवा पाउने अधिकारी हनन् हुन नहुने भन्ने आफूहरुको प्रमुख माग रहेको उनले बताए । उपचार सेवा ठप्प नगर्न दलका नेता कार्यकर्ताले आग्रह गरेका छन् ।