मुख्य खबरसमाचार

काभ्रेको बनेपा बजार डुबानमा

संवाददाता

काठमाण्डाै  \ लगातारको ठूलो वर्षाले काभ्रेको बनेपा बजार डुबानमा परेको छ ।पुण्यमाताको खोलामा आएको बाढी बजार र सडकमा पसेको हो । पुल बजार क्षेत्रका घर, पसल जलमग्न भएका काभ्रे प्रहरीले जनाएको छ । पानी पर्न कम भएपछि बाढी घट्न थालेको छ ।

त्यस्तै काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् ।