
हेटौंडा \ शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएका दुईजना मध्ये एकजनाको शव भेटिएको छ। शव घटनास्थलबाट करिब २ सय मिटर मुनि भेटिएको हो । उनको सनाखत हुन सकेको छैन ।
उनीहरुको विहानैदेखि नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरेपनि दिउँसोसम्म फेला परेको थिएन । माछा मार्ने आएका एकजनाले शव देखेपछि प्रहरीमा खबर गरिएको थियो ।
अर्का एकजनाको खोजि भइरहेको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुईजनालाई बगाएको थियो ।








