समाचारफिचर

कर्राको बाढीले बगायो ट्रक, दुईजना बेपत्ता

संवाददाता

 खबरबाकस \ शुक्रबार दिउँसो कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ । बगाएको ट्रक फेला परेको छ भने बेपत्ता भएका दुईजना अझै फेला परेका छैनन् ।

अविरल परेको पानीका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ रामपुरडाडाँ स्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक र ट्रकमा रहेका दुईजनालाई बगाएको थियो।

बाढीले सोही ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४०/४२ बर्षीय गणेश थापा मगरलाई बगाएको थियो। पानीको बहाव घटेसँगै ट्रक करिब १०० मिटर तल फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। हराएका दुईजनाको खोजी कार्य भइरहेको प्रहरी नायक उपरिक्षक जयश्वर रिमालले बताए ।-फाइल तस्विर