
हेटौंडा \ नेकपा एकीकृत समाजवादी (एस) को मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन। बिहीबार हेटौंडामा भएको पहिलो जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ।
कमिटिको जिल्ला उपाध्यक्षमा मिना कुमारी लामा चयन भएकी छिन् । उपाध्यक्ष लामा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर समेत हुन् । त्यसैगरी सचिवमा विष्णु दाहाल चयन भएका छन भने कार्यालय सचिबमा तिलक अधिकारी चयन भएको केन्द्रीय सदस्य मुनु सिग्देलले बताइन् ।
नेकपा एस पार्टीमा मकवानपुरमा विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधिले सनाखत गरिसकेका छन् भने केही सनाखत हुन बाकीँ रहेको जनाइएको छ ।








