मुख्य खबरसमाचार

सुमो र मोटरसाइकल ठोकिदाँ एक जना घाइते

संवाददाता

खबरबाकस \ त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी १ बाघझोरामा मोटरसाइकल र टाटा सुमो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

हेटौंडाबाट काठमाण्डौं जादै गरेको ना१ ज ७९३१ नम्बरको सुमो र विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ३-०३ प १३१९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन।

घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौंडा तर्फ पठाइएको छ भने गम्भीर घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।