समाचारफिचर

४४ किलो गाजाँ सहित दुई जना पक्राउ

संवाददाता

खबरबाकस \ मकवानपुर प्रहरीले ४४ किलो गाजाँ सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित जैसिंहमा भारी बोकेर हिडिरहेको अवस्थामा प्रहरीले गाजाँ सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी वडा ५ डिल्लीपुर बस्ने २४ वर्षका रामचन्द्र मोक्तान र सोही स्थान बस्ने २२ वर्षका अर्जुन लो रहेका छन् । पक्राउ पछि उनीहरुलाई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए ।