मुख्य खबरसमाचार

थप १,८०१ जनामा कोरोना पुष्टि, २४ को मृत्यु

संवाददाता

काठमाडौं \  पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशभर गरिएको ८ हजार ७०४ पीसीआर र २ हजार ६२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएकोे हो ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । कुल संक्रमितमध्ये ३८ हजार ३५१ सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा १ हजार ९२४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।  यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ पुगेको छ।

पछिल्लो  २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ। हाल ३५ हजार १३२ जना होम आइसोलेसन र ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा छन्।