
खबरबाकस \ बागमती प्रदेशमा भदौं ७ गते सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश सरकारले नेवार समुदायको पर्व गाईजात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै विदा दिने गरिन्थ्यो तर प्रदेश सरकारले १३ वटै जिल्लामा विदा दिने निर्णय गरेको छ ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै गाईजात्रा पर्वको अवसर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।









