मुख्य खबरसमाचार

हेटौंडामा मनाइयो झुलन महोत्सव

संवाददाता

खबरबाकस \ हरेक वर्ष साउन महिना भरि लगाइने झुलन महोत्सव कोरोना भाइरसका माहामारीका कारण हेटौंडामा आज एक दिन मात्र मनाइएको छ । महिनाभर मनाईने महोत्सव कोरोनाका कारण सामाजिक÷भौतिक दुरी कायम गरि स्वास्थ्य मापदण्ड अपनाएर मनाइएको छ । विहीबार दिउँसो १२ बजे देखि साँझ ५ बजे सम्म झुलन महोत्सव मनाइएको छ ।

बिन्दा वनमा कृष्ण १०८ गोपिनीका साथ साउन महिनामा झुलन झुल्ने गरेकाले नेपालमा पनि २०३८ साल देखि भक्तजनहरुको माग अनुसार साउनको पुत्रदा एकादशीका दिन देखी शुरु गरिएको पाइन्छ । सोही समयदेखी सुरु गरिएको झुलन महोत्सव २०७७ सालसम्म २४सैं घण्टा भजन, प्रत्येक दिन हबन, पितृहरुको सम्झनामा सराद्धे, प्रत्येक एकादशीमा महात्मा र राधा कृष्ण झुलन महोत्सव १० बजे देखि ४ बजेसम्म भव्य रुपमा मनाइने गरिएको अखण्ड हरिकिर्तन मन्दिर समितिका उपाध्यक्ष सत्यनारायण सिलवालले बताए ।

विश्व शुभ संकल्प लिएर उज्यगुरु कविप्रसाद गौतम ज्युले १९८६ साल मंसिर २६ गते देखि काठमाण्डौं जानकी कुण्डमा झुलन महोत्सव संचालन गर्दै आउनु भएको र हेटौंडामा पनि धार्मिक भक्तजनको अनुरोधमा २०३८ साल देखि हेटौंडा बजारको बीच भागमा निरन्तर रुपमा झुलन महोत्सव गरिने गरिएको सिलवालले बताए ।

परार्पुवक काल देखी चलिआइरहेको संस्कृति जोगाउन, विश्वमा शान्ति प्रदान होस भन्ने आशाले , भक्तनजनहरुको आत्म विश्वासले झुलन महोत्सव गर्ने गरेको पाइन्छ ।