मुख्य खबरसमाचार

मकवानपुरगढी २ मा राष्ट्रिय परिचय पत्र बनाउने कार्य सुरु

संवाददाता

खबरबाकस \ नेपाल सरकारले ल्याएको राष्ट्रिय परिपत्र बनाउने कार्य सुरु भएको छ सोही अनुरुप मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा भोली बुधबारबाट सुरु हुने भएको छ । भोली २ र ३ गते ढुङ्गेगढीकाले आवश्यक विवरण सहित नाम प्रविष्टि गराउने वडा अध्यक्ष बखान सिं प्राखिनले बताए ।

त्यस्तै, ४ गते तितुङडाँडा टोलले, ५ र ६ गते बंशगोपाल टोल विकासले, ७ गते मञ्जुश्री टोल विकासले, ८ गते धरमपानीले, ९ र १० गते माथिल्लो छाप टोलले नाम संकलन गरी परिचय पत्र बनाउने कार्य गरिने अध्यक्ष पाख्रीनले बताए । त्यस्तै, ११ गते तल्लो छाप टोल विकासले, १२ र १३ गते बाँध बाँसपानी टोलले, १४ गते कुर्ले टोलले, १५ गते कुर्ले पाखा गैरी भञ्ज्याङले, १६ गते लामीडाँडा क्षेत्रले, १७ र१८ गते शिखरकटेरी टोलले र १९ गते भालुन्टार टोलले बनाउने जनाइएको छ ।

वडाबासीहरुको लागि सहजता रहोस् भन्ने हेतुले विभिन्न मितिमा टोलटोलले आफ्नो दिनमा नाम समावेश गर्न अनुरोध गरिएको वडा अध्यक्ष पाख्रीनले बताए । उनले आफ्नो नाम समावेश गर्न आउँदा सक्कल नागरिकता, विवाहित महिलाको हकमा सक्कल विवाह दर्ताको प्रमाण र बसाईसराई आएको हकमा सक्कल बसाइसराइको दर्ता ल्याउनुपर्ने बताएका छन् ।

No photo description available.