मुख्य खबरसमाचार

युवा संघद्धारा माक्स वितरण अभियान

संवाददाता

 खबरबाकस \ माधव नेपाल पक्षधर युवा संघले बागतमी प्रदेशभर माक्स वितरण अभियान गरेको छ । युवा संघ बागमती प्रदेश कमिटिको आयोजना तथा जिल्ला कमिटिको व्यवस्थापनमा प्रदेश राजधानी हेटौंडाको बुद्धचोकमा कोभिड संक्रमणबाट बच्न माक्स वितरण गरिएको छ ।

कोभिड १९ को डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम स्वरुप माक्स लगाऔं, कोरोना संक्रमणबाट बचौं भन्दै माक्स नलगाई हिड्ने सर्वसाधारणलाई माक्स वितरण गरिएको युवा संघ नेपाल मकवानपुरका अध्यक्ष किरण मान बलले बताए ।

No description available.

युवा संघको केन्द्रीय सचिवालय सदस्य आरती पाठक सहितको उपस्थिती हेटौंडामा विहान ९ बजेदेखी ११ बजे सम्म माक्स वितरण गरिएको थियो । प्रदेशभरका १३ वटै जिल्लामा एकैसाथ अभियानको रुपमा कार्यक्रम गरिएको बलले बताए । सरकारले माक्स अभियान चलाइरहेको बेला माक्स नलगाउनेलाई युवा संघमार्फत माक्स वितरण गरिएको जनाइएको छ ।

No description available.