मुख्य खबर

ज्यामिरे खोलामा निर्मित पुलको मुख्यमन्त्रीद्धारा उद्घाटन

संवाददाता

 खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ ज्यामिरेखोला मा निर्मित पक्की पुलको आज उद्घाटन् गरिएको छ । गाउँपालिका, संघीय सरकार र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुलको उद्घाटन् गरेका हुन् ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले पुल निर्माण भएपछी यस क्षेत्रमा धेरै सहज भएको बताएका छन् । पहिलेको तुलनामा यस क्षेत्रमा अहिले धेरै विकास भएको बताए । कार्यक्रममा एमालेका नेता बद्री प्रसाद लम्साल, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष जितबहादुर घिमिरे, वडा नम्बर–६ का अध्यक्ष टिका दाहाल लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । ज्यामिरे खोलाको पक्की पुल ३ करोड ११ लाख रुपैयाँ लागतमा बानियाँ निर्माण कम्पनीले समयमा नै निर्माण सम्पन्न गरेको थियो ।

ज्यामिरेको पक्की पुल संघिय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरीक श्रोतबाट २ करोड १८ हजार १६९ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४८८ रुपैँया लागतमा निर्माण भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईले बताए । निर्माण भएको पुलको लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ ।