
खबरबाकस \ मकवानपुरमा बिहिबार थप ३९ जनामा कोरोना पुष्टि भएको छ । बुधबारको तुलनामा आज विहीबार भने कोरोना संक्रमितको संख्यामा कमी आएको छ। बुधबार ५४ जनामा कोरोना भएको थियो भने आज ३९ जनामा पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ४२९ जनाको कोरोना जाँच गर्दा ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो। ९९ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा २८ जना र एन्टिजेन बिधिबाट ३३० जनाको कोरोना जाँच गर्दा ११ जना गरी ३९ जनामा कोरोना पुष्टि भएको हो।








