मुख्य खबरसमाचार

मकवानपुरमा थप ५४ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा बुधबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १३९ जनाको कोरोना जाँच गर्दा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

११७ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ४९ जना र एन्टिजेन बिधिबाट २२ जनाको कोरोना जाँच गर्दा ५ जना गरी ५४ जनामा कोरोना पुष्टि भएको हो। आजको कोरोना संक्रमित दर ३८ प्रतिशत रहेको छ भने सबैभन्दा धेरै हेटौंडाका ४५ जनामा कोरोना पुष्टि भएको छ ।