मुख्य खबरसमाचार

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजिनामा

संवाददाता

बुटवल \  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन ।पोखरेलले  आफ्नो राजिनामा केही समय अघि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाएका छन।

प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्।जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री पोखरेल धरापमा परेका हुन् ।हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्।त्यसबाहेक एकजना सभामुख पनि छन् ।

मुख्यमन्त्री (एमाले) सँग भने ३८ जना सांसद मात्र छन् । बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ। उनको राजीनामासँगै विपक्षी गठबन्धनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।