मुख्य खबरसमाचार

हेटौंडामा युवाहरुबीच खुकुरी हानाहान्, एकजना फरार

संवाददाता

हेटौंडा \ हेटौंडा बजारमा बुधबार बिहान खुकुरी प्रहरबाट एक युवा घाइते भएका छन् । हेटौंडाको बुद्धचोकमा दुई युवाबीच भएको झगडाका खुकुरी प्रहारबाट एकयुवा घाइते भएका छन् ।

घाइते भएका युवकलाई खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । खुकुरी हानाहान गर्ने र खुकुरी प्रहारबाट घाइते हुनेको पहिचान खुलेको छ । खुकुरी प्रहरबाट हेटौंडा–१ चौकीटोलका २६ बर्षीय प्रशान्त नगरकोटी घाईते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । आखाँ तरेको भन्दै लामा दाजुभाइले नगरकोटी माथी खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रउहाँहरूको पहिलै झगडा भएर यस अघिनै जिप्रका मकवानपुरमा मिलापत्र भएको प्रहरी नायब उपरीक्षक रिमालले बताएका छन् ।

नगरकोटलाई हेटौंडा–१० बसपार्क बस्ने २१ वर्षीय सौरभ लामा र उनका भाई मिलेर खुकुरी प्रहार गरेका थिए । सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको, लामा पनि घाइते रहेकोले प्रहरी निगरानीमा उपचार भइरहेको र उनका भाइ भने फरार रहेको डिएसपी रिमालले बताए । प्रहरीले बल प्रयोग गरेर युवाको हातबाट खुकुरी खोसिएको थियो ।