
खबरबाकस \ मकवानपुरमा आइतबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ११३ जनाको कोरोना जाँच गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
तथ्याङ्क अनुसार ५२ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ३० जना र एन्टिजेन बिधिबाट ६१ जनाको कोरोना जाँच गर्दा १० जना गरी ४० जनामा कोरोना पुष्टि भएको हो। आजको कोरोना संक्रमित दर ३५ प्रतिशत रहेको छ।








