मुख्य खबरसमाचार

सुमो पल्टिदा एकको मृत्यु ४ जना घाइते

संवाददाता

हेटौंडा \  हेटौंडा हुदैं काठमाडौं जाने छोटो बैक्लपिक मार्ग अन्तर्गत ईन्द्रसरोबर-२सिमखोलामा यात्रुबाहक टाटा सुमो जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट यात्रु बोकेर बिरगञ्ज तर्फ आउदै गरेको ना १ ज २११४ नम्बरको सुनौलो यातायातको सुमो ईन्द्रसरोबर-२ सिमखोलामा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।

मृत्यु हुनेमा हालसम्म नाम थर ठेगान खुल्न नसकेको सोही सुमोको चालक रहेको प्रहरीले जनाएको छ ।  घाइते हुनेमा भारत ज्ञानबाद बस्ने १४ बर्षीय रोनक कुमार,सोही ठाउँ बस्ने १७ बर्षीय शंकर कुमार,विशाल कुमार र शिव शक्ति कुमार रहेको प्रहरी निरीक्षक दासले बताए।