मुख्य खबरसमाचार

बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागी

संवाददाता

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ । राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागी ९ ओटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले  बताए । आगो नियन्त्रणका लागी ‘अग्नि नियन्त्रक फोम’ पनि प्रयोग गरिएको छ । के कारणले आगलागी भएको खुल्न सकेको छैन ।b