मुख्य खबरसमाचार

लतारिएर ओलीसँग एकता नगर्ने माधव समूहको निष्कर्ष

संवाददाता

काठमाडौँ \  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग लतारिएर एकता नगर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ‘हामी लतारिँदैनौ, सम्मानजनक एकताको पक्षमा छौ, एकता दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सर्वनाश हो’, पन्तले बैठकको निष्कर्ष सुनाउँदै भने ।

त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिए ।