मुख्य खबरसमाचार

हेटौंडा १७ र १८ का उपभोक्ताद्वारा प्राधिकरणलाई ध्यानाकर्षणपत्र

संवाददाता

हेटौंडा \ दैनिक झ्याप्प–झ्याप्प विजुली गइरहेने समस्याले हैरान भएका हेटौंडा वडा नम्बर १७ का वडा अध्यक्ष भैरव बहादर राईको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका १७ र १८ नम्बर वडाका उपभोक्ताले विद्युत प्राधिकरणलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
नेपाल विद्युत प्राधिकरण हेटौडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरलाई विद्युत कटौती समस्या समाधान गरिदिनका लागि हेटौंडा १७ र १८ लाई नयाँ फिडरमा जडान गरिदिनका लागि निवेदन पेस गरिएको हो ।

लामो समयदेखि दैनिकजसो विद्युत जाने आउने समस्याका कारण विद्यार्थीको अनलाइन मार्फत अध्ययन गरिरहेका विद्यार्थीहरु समस्यामा परेको त्यस्तै स्थानिय साना उद्योग संचालनमा समस्या परेको, त्यस्तै पोल्ट्री फार्म र स्थानियले विद्युत उपभोगबाट बन्चित रहन परेको पत्रमा उल्लेख रहेको छ । साथै वैकल्पिक दिगो उपाय अपनाई विद्युत नियमित सुचारु गरिदिनका लागि प्रमुख ठाकुरलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

ठाकुरले उक्त समस्या चाडै समाधान हुने बताएका छन् । उनले मदनभण्डारी राजमार्गका कारण विद्युतका पोलहरुलाई ब्यवस्थापन गर्न नसकेको कारण पोलमा समस्या भएकाले विद्युत काटिने समस्या देखिएको बताए । सडकमा विद्युतका पोल गाडेर तार तान्न स्थानियले नदिएपछि उक्त समस्या समाधान हुन नसकेको उनले बताए ।