
खबरबाकस \ मकवानपुरमा मंगलबार ८९ जना कोरोना संक्रमित भएका छन् । ८९ जना संक्रमित हुदाँ ९३ जना भने कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ९३ जना कारोना सङ्क्रमण मुक्त भएका हुन्, ।
कोरोना भएर होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ६० जना,थाहानगरमा ७ जना, मकवानपुरगढी र राक्सिराङमा १ जना, कैलाशमा ३ जना, मनहरीमा ११ जना, ईन्द्रसरोबरमा ६ जना, भीमफेदीमा २ जना गरी जम्मा ९३ जना आज कोरोना मुक्त भएका हुन।








