
खबरबाकस \ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले कोरोनाबाट प्रभावित भएका पत्रकारहरुको लागी भन्दै फिचर लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पत्रकार महासंघ मकवानपुरले मकवानपुर जिल्लामा काम गरिरहेका पत्रकारहरुलाई लक्षित गरी कोरोना कहरमा शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, पर्यटन र कृषि क्षेत्रमा परेको समस्या र प्रतिकुलताका बीचमा भएका कामहरु साथै तीन तहका सरकारले खेलेको भूमिका’ विषयभित्र रहेर फिचर लेखेर प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले प्रतियोगितामा सहभागिताका लागी कम्तिमा एकहजार ५ सय शब्दमा नघटाइ फिचर लेख्नुपर्ने बताए । तोकिएको विषयमा तयार पारिएको फिचर यही साउन २५ गतेभित्र महासंघको इमेलमा फिचर आइसक्नुपर्ने अध्यक्ष गौतमले जानकारी दिए ।
मकवानपुरका अग्रज पत्रकारहरुलाई निर्णायकको रुपमा चयन गरिने र उनिहरुकै निर्णयको आधारमा विजेता घोषणा गरिने छ । प्रथम, द्धतीय र तृतीय हुने प्रतिस्पर्धीले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना हुने ७ जनालाई जनही ५ हजारका दरले पुरस्कृत गरिने महासंघ अध्यक्ष गौतमले जानकारी दिए ।








