मुख्य खबरसमाचार

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

संवाददाता

हेटौंडा \  प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लागेको देउवाको सचिवालयले जानकारी दिएको छ ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाडेपछि देउवालाई सरकारी निवास प्रवेश गर्ने ढोका खुलेको हो ।