
मकवानपुरको बागमती गाउँपालिकाले देवकी माध्यमिक विद्यालयलाइ बस हस्तान्तरण गरेको छ । बागमती गाउँपालिको शैक्षिक सुधार कार्यक्रम अन्तरगत गाउँपालिकाले ३० लाख बजेट विनियोजित गरेको थियो । सो बजेटबाट स्कुलबस खरिद गरि आइतबार एक कार्यक्रमका बिच विद्यालयका प्रअ चन्द्रबहादुर थापा , विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्त बहादुर थिङलाइ बसको चाबी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले सरकारी विद्यालयमा शैक्षिक सुधार गर्नुपर्नै ,शिक्षामा आउने चुनौति सामना गर्न सक्नुपर्ने, सबै बालबालिकालाई शिक्षाको पँहुचमा पु¥याउने, बस हस्तान्तरणले विद्यालयको गुणस्तरमा सुधार आउने गाउँपालिका बाटनै एमविविएस डक्टर उत्पादन गर्ने गरि निती तथा कार्यक्रमम ल्याएको र यसलाइ प्राथामिकतामा राख्ने बताउनुभयो ।
यस्तै विद्यालयका पुर्व अध्यक्ष खडग पुलामीले शैक्षिक सुधारको लागि बसले पैदल हिँडेर विद्यालय अध्ययनको लागि जानु पर्ने बाध्यता हटेको बताए । विद्यालयमा टाढा बाट आउने विद्यार्थी भएकोले विद्यालय थकाई लाग्ने, पढ्न मन नलाग्ने, गृहकार्य गर्न नपाईने जस्ता समस्या समाधान हुने बताए ।
विद्यालय प्रअ चन्द्रबहादुर थापाले बस दिएकोमा बागमती गाउँपालिकालाई धन्यवाद दिनुभयो। कार्यक्रममा बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रमान राइ, बागमती गाउँपालिकाका ४ नं वडा अध्यक्ष रहर सिङ थिङ, बागमती गाउँपालिकाका ५ नं वडा अध्यक्ष वुद्धिमान माझी, लेखा प्रमुख झम्क घलान, शिक्षा शाखा प्रमुख रमेश बिडारी लगायतको उपस्थीती रहेको थियो। यस विद्यालयमा ५ सय ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।








