मुख्य खबरसमाचार

फेकोफनद्धारा जिविकोपार्जनका लागि बाख्रा वितरण

संवाददाता

 खबरबाकस \ मकवानपुरगढीमा पाँच परिवारलाई जिविकोपार्जन सुधारका लागि बाख्रा तथा कुखुरा वितरण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुर, स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा टिएफ परियोजना अन्तरगत आर्थिक स्थिती कमजोर भएका पाँच घरपरिवारलाई मंगलबार बाख्रा तथा कुखुरा वितरण गरिएको छ ।

कोभिड संक्रमण समेत भएका मकवानपुरगढी २ का एलिशा विकलाई कुखुराको चल्ला, सुमन श्रेष्ठलाई बाख्राका तीनवटा पाठी, मखमली थिङलाई तीन वटा पाठी र सम्झना तामाङलाई माउ बाख्रा सहित तीन वटै हस्तान्तरण गरिएको हो । महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, वडा नम्बर २ का वडा सदस्य शीवप्रसाद न्यौपाने, स्थानीय महासंघका अध्यक्ष बलराम अधिकारीले संयुक्त रुपमा बाख्रा हस्तान्तण गरेका थिए ।

No description available.

वडा नम्बर ८ बुढीचौरकी संगीता विकलाई भने बाख्रा खरिद गरी सकेको जनाइएको छ । प्रत्येकलाई २० हजार बराबारको बाख्रा तथा कुखुरा चल्ला खरिद गरिएको महासंघले जनाएको छ । कर्म गर्ने किसानलाई थप आर्थिक स्तर सुधार हुने भन्दै सहयोग गरिएको महासंघका अध्यक्ष साधुराम चौलागाईले बताए । महासंघले यहि परियोजना अनुरुप हेटौंडा उपमहानगर र मनहरी गाउँपालिकामा पनि सहयोग गरिने बताइएको छ । कार्यक्रममा स्थानीय परियोजना संयोजक सुसन दाहाल, सञ्चारकर्मी श्रीराम अर्जुन र स्थानीयहरुको सहभागिता रहेको थियो ।