मुख्य खबरसमाचार

मकवानपुरगढीमा कागती पकेट क्षेत्रमा दुई हजार विरुवा लगाइदैं

संवाददाता

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकामा कागमती पकेट क्षेत्रमा दुई हजार विरुवा लगाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट कार्यक्रम अन्तरगत मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २ र वडा नम्बर ७ सुकौरामा २ हजार कागतीको विरुवा रोप्न लागिएको हो । कागती खेती पकेट क्षेत्र समन्वय समितिलाई विहीबार एक कार्यक्रमका बीच विरुवा, कृषि सामाग्री वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

May be an image of outdoors

वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीनले समितिका पदाधिकारीलाई दुइ हजार कागतीको विरुवा, ४ वटा हाते ट्याक्टर, खाल्टो खन्ने मेशिन १ वटा, स्पेयर ५ वटा, प्लास्टिक पोखरी १० वटा, मल्चिङ प्लास्टिक ५ रोल, थोपा सिँचाई सेट ४ वटा, सिकेचर (कैचीँ) ४ वटा र सिँचाइको लागि पाइप लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।

परियोजनाको १२ लाख बजेटमा उक्त काम गरिएको र उत्पादन सामाग्रीहरुमा भने किसानको ५० प्रतिशत लगानी रहेको शाखा प्रमुख चौधरीले बताए । अविरल वर्षातको कारण रोप्न रोकिएकाले असार महिनाभर दुइवटै वडामा कागतीको विरुवा किसानले रोपिसक्ने चौधरीले बताए ।