मुख्य खबरसमाचार

गोलभेडा प्रशोधन उद्योगको सार्वजनिक लेखा परिक्षण

संवाददाता

हेटौंडा \   दिव्यतारा बहुउद्देस्यीय सहकारी संस्था लिमिटेडले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा संचालन गरेको गोलभेडा प्रशोधन उद्योगको सर्वाजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका उपाध्यक्ष गणेशबहादुर बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित बहादुर घलानको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि घलानले दिव्यतारा बहुउद्देश्यीय सहकारीले आफ्नो नाम अनुसारको काम गर्न लागेको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।

वडा अध्यक्ष घलानले अधिकांश सहकारीहरुले वचत संकलन र ऋण प्रवाहलाई मात्रै ध्यान दिइरहेको बेला दिव्यताराले उत्पादन क्षेत्रमा समेत लगानी गरेको भन्दै खुसी व्यक्त गरे । उनले दिव्यताराले सुरु गरेको उद्योगले सहकारीमा आवद्ध सदस्यरुलाई मात्र नभई उद्योगसँग प्रत्यक्ष परोक्ष रुपमा जोडिने सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

No description available.

कार्यक्रममा सहकारीका व्यवस्थापक रमेश कोइरालाले ५० लाखको लागतमा गोलभेडा प्रशोधन उद्योग स्थापना गरिएको जानकारी गराउँदै उद्योग स्थापनाका लागी बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयबाट ५० प्रतिशत अनुदान प्राप्त भएको जानकारी दिए ।

उद्योगले स्थानिय किसानले उत्पादन गरेको गोलभेडा खरिद गरी प्रशोधन गरेर केचप उत्पादन गर्ने जानकारी गराउँदै व्यवस्थापक कोइरालाले यसबाट स्थानिय कृषक र उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने बताए ।

सहकारीका सचिव गणेश भेटवालले सहजिकरण गरेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरका संयोगक उत्सव इटेनी, सहकारीका कोषाध्यक्ष इश्वर पण्डित, सहकारी संचालक समितिका सदस्य निलम देवकोटा, लेखा संयोजक प्रकाश खतिवडा लगाएत सहकारीका कर्मचारी एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।