
हेटौंडा \ बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडाको आयोजनामा यस प्रदेशभरीमा उत्कृष्ट किसानको छनौट गरेर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । प्रदेशभरीमा छनौट भएका किसानलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
कृषि विकास निर्देशनालय, हेटौडाका प्रमुख रबिन्द्र बहादुर प्रधानको अध्यक्षता तथा मन्त्री दावा दोर्जे लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव मतिना वैद्य जोशी, प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्दव सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मन्त्री लामाले प्रथम हुने नोबेल एग्रिकल्चर फार्म चितवनका कृष्ण प्रसाद न्यौपाने, दोस्रो हुने एस एस कटफ्लाओर नर्सरी काठमाडौंका अन्जना आचार्य, तेस्रो हुने लालिगुरासँ डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी, चौथो हुने एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा र पाँचौ हुने मेलापात अर्गानीक एग्रो फार्म भक्तपुरका कविन्द्र श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।








