मुख्य खबरसमाचार

थप १९२० जनामा कोरोना संक्रमण

संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार पीसीआर परीक्षणबाट १ हजार ३ सय ५३ र ३ हजार ८३६ एन्टिजेन परीक्षणबाट ५६७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ। हालसम्म देशभर ९ हजार ९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

आइतबार ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४० हजार ३३६ जना सक्रिय संक्रमित छ।