मुख्य खबरसमाचार

कोभिड हेल्प डेक्स मकवानपुरलाई नगद तथा पानी सहयोग

संवाददाता

 खबरबाकस \ कोभिड हेल्प डेस्क मकवानपुरलाई मंगलबार सार्वजनिक मकवानपुर यातायात प्रालिबाट नगद भएको छ । साविकको टेम्पो तथा मझौला यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी सार्वजनिक मकवानपुर यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीबाट हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई नगद ५५ हजार ५५५ रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा मकवानपुर यातायात प्रालिका संचालक रचना बर्तौला, लक्ष्मण न्यौपाने, राजकुमार थापा, कृतम मानन्धर, कृष्ण न्यौपाने, सल्लाहकार लोकहरि घिमिरे, कार्यालय प्रमुख दिपेन्द्र कुमार चौलागाईको उपस्थिति रहेको थियो भने हेल्प डेस्कका सदस्य सरोज खनाल, खेमराज सापकोटा, मउवासंघका सल्लाहकार आनन्दराम पराजुलीलगायतको उपस्थिति रहेको थियो । त्यस्तै कोभिड हेल्प डेस्क मकवानपुरलाई हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले पनि नगद सहयोग गरेका छन् । अध्यक्ष रामकृष्ण कोइरालाले नगद १० हजार सहयोग गरेका हुन् ।
No description available.

पल्पसा आइसोलेशन सेन्टरलाई मंगलबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले सहयोग गरेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई महासंघका अध्यक्ष चक्रधर विडारीले ५० कार्टुन पानी हस्तारन्तरण गरेका हुन । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्यहरु विष्णुहरि पण्डित, राजेन्द्र लामिछाने, जिल्ला सचिव श्याम मुडवरी, सदस्यहरु जोगेन्द्र केशरी, विष्णु दहाल, दिनेश दहालको उपस्थिति रहेको थियो भने हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु सरोज खनाल, भुवनलाल श्रेष्ठ, ज्ञानेन्द्र कार्की, मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सदस्यहरु माधव ज्ञवाली, निलम पाण्डे, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको उपस्थिति रहेको थियो ।

हेल्प डेस्कबाट मंगलबार दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–५ पिप्लेका एकजना र हेटौंडा–९ का एकजना बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो । हेल्प डेस्कले स्थापनादेखिनै निःशुल्करुपमा अक्सिजन वितरण गर्दै आएको छ । आइसोलेसनमा १७ जना संक्रमितले सेवा लिइरहेका छन् ।