
हेटौंड \ हेटौंडाका युवा व्यवसायी विकेशलाल श्रेष्ठले यतिबेला विभिन्न परिस्थितिले समस्यामा परेकालाई सहयोग गरेरै हरेक युवाको मनमा बस्न सफल हुदै समाजमा केही गर्छु भनेर लाग्ने युवाको प्रेरणाको स्रोत बन्न सफल भएका छन्। कहिले घरबार गुमाएकालाई घर बनाइदिएर होस,या घाम पानी रोगव्याधी नभनि डयुटिमा खटिने सुरक्षाकर्मीलाई खाजा खुवाएर होस अझ भनौ आँखाको ज्योति गुमाए एक बालकलाई आँखा अस्पताल सम्म पुर्याएर संसार देख्न सहयोग गर्ने विकेशलाल सामाजिक अभियन्ताका रुपमा परिचित भइसकेका छन्।
यसै क्रममा गत वर्षको लकडाउन र निषेधाज्ञा आफ्नै पहलमा हेटौंडा १ भैरवडाँडामा पाण्डु विकलाई दुई कोठे घर बनाएर सामाजिक काम आफुलाई अब्बल सावित गरेर निम्न वर्ग, विभिन्न संघ संस्थाको मन जितेका विकेशले यस वर्षको निषेधाज्ञामा उहि पाण्डु विकलाई खाद्यान्न सहयोग गरेका छन्। श्रेष्ठले गत वर्ष असारमा २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च गरेर घर बनइदिएका पाण्डु विक परिवारलाई यस वर्ष कोभिडका कारण जारी निषेधाज्ञाले खाद्यान्न जोहो गर्न समस्या परेको खबर थाहा पाएपछि खाद्यान्न सहयोग गरेका छन्।
उनले २ बोरा चामल,खाने तेल,लुगा धुने र नुहाउने साबुन, दालमोठ,भुजा लगायतका खाद्या साम्रागी सहयोग गरेका हुन्। गत वर्ष श्रेष्ठकै पहलमा नयाँ घर पाएको र निषेधाज्ञाले काम गर्न कठिनाइ भएको अवस्थामा यस वर्ष श्रेष्ठको सहयोगमा खाद्यान्न पाएपछि विक दम्पतीले खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्। विकेशलाल श्रेष्ठ नेपाल तरुण दल मकवानपुरका युवा नेता पनि हुन।








