
दैनिक ज्यालादारी गर्ने ३० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा ११ मा बसोबास गर्ने ३० परिवारलाई इस्थर बेन्जामिन स्मृति संस्थाले गणेशस्थान टोल विकास संस्थाको समन्वयमा खाद्यान्न सहयोग गरेको हो ।
कोरोना महामारीबाट प्रभावित परिवारका लागि केहि सहज होस भन्ने हेतुले चामल, नुन, चना, तेल साबुन लगायतको सामाग्री दिएको इस्थर बेन्जामिन स्मृति संस्थाका कार्यक्रम व्यवस्थापन प्रमुख बुद्धवीर लामाले बताए । कार्यक्रममा टोल विकासका अध्यक्ष तारा कर्पौला, स्मृति संस्थाका दिनेश हुमागाई लगायतको उपस्थिती रहेको थियो । संस्थाले यस अघि खैराङमा चेपाङ तथा तामाङ परिवारलाई खाद्यान्न सहयोग गरिसकेको छ ।









