समाचार

हेटौंडामा रोट्याक्ट क्लबद्धारा राहत वितरण

संवाददाता

रोटरी क्लब अफ हेटौंडाको सहयोगमा रोट्याक्ट क्लब अफ हेटौंडाद्धारा हेटौंडामा राहत वितरण गरिएको छ । कोरोना महामारीको बेला खाद्यान्न अभाव हुने गरिब तथा दैनिक ज्यालादारी गर्ने परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

हेटौंडा १० का विभिन्न स्थानहरुमा ३३ घरपरिवारलाई चामल, दाल, नुन तेल लगायतको खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक रवि पौडेलले बताए । रोटरीको सहकार्यमा रोट्याक्टले विहीबार राहत वितरण गरेको हो ।