
मनहरीमा सञ्चालित कोभिड आइसोलेसनका लागि हेटौंडाका युवा व्यवसायीद्धारा वासिङमेशिन सहयोग गरिएको छ । शुक्रबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई उक्त मेशिन हस्तान्तरण गरिएको छ ।
राजु अधिकारी, शोभा खड्का, गोविन्द सापकोटा, रविन ढकाल, प्रतिमा श्रेष्ठले सामसुङ कम्पनीको वासिङ मेशिन खरिद गरी सहयोग गरेका हुन् । आइसोलेसनमा बसेका संक्रमितको कपडा धुन समस्या भएपछि मेशिन खरिद गरी सहयोग गरेको प्रतिमा श्रेष्ठले बताइन् ।
हस्तान्तरण कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायण सुवेदी, वरिष्ठ उपाध्यक्ष गणेश सायमी, आइसोलेसन ईन्चार्ज ज्योतीराज लुईटेल लगायतके उपस्थिती रहेको थियो ।








