समाचार

तरुण नेता सापकोटाद्धारा अपाङ्ग विपन्नलाई सहयोग

संवाददाता

हेटौंडा \ कोरोना भाइरस कोभिड-१९ को कारण नागरिकको दैनिक जीवन कष्टकर बन्दै गइरहेको अवस्थामा विपन्न गरिब श्रमिकहरूको चुलो समेत बल्न कठिन बन्दै गएकोले मकवानपुरका तरुण नेता एवम् आईएमई लाइफ इन्स्योरेन्स प्रालिका वरिष्ठ एजेन्सी मेनेजर योग्यराज सापकोटाले गरिब विपन्न असहायहरूलाई सहयोग गर्नु भएको छ ।

हेटौंडा उपमहानगरपालिका ५ मा रहेका अपाङ्ग गजेन्द्र प्रसाद दुलालको परिवारलाई आज तरुण नेता सापकोटाले खाद्यान्न खाना पकाउने भाडा सहयोग गर्नु भएको हो । काठमाडौँमा सामान्य व्यापार गरी बसेका गजेन्द्र प्रसाद दुलाल आफ्नु स्वास्थ अवस्था खराब भएपछि आफ्ना टुहुरा दुई नाति साथमा लिएर हेटौंडा आएका थिए ।

हेटौंडा आउने बितिक्कै थला परेका दुलाल गत कर्तिकदेखि प्यारालाइसिस भएर घरमै थला परेका थिए। दुई नातिको लालनपोषण गर्न निक्कै कठिन भएपछि निजको चुलो बल्न समेत कठिन रहेको स्थानीय सुरज दुलालले बताएपछि तरुण नेता सापकोटा आज १० हजार बराबरको राहत लिएर पीडितको घरमै पुगी राहत दिएका थिए ।

अघिल्लो लकडाउनमा पनि सहयोग गरेका सापकोटाले यो वर्ष पनि उक्त परिवारलाई सहयोग गरेका हुन् । अपाङ्ग रहेका दुलाल आफ्ना दुई टुहुरा नातिलाई साथमा लिएर बसेका छ्न् ।