
हेटौंडा ६ का स्व. श्यामकृष्ण तिमल्सिनाको स्मृतिमा उनकी श्रीमती भगवती तिमल्सिना र छोरा भीम,कुमार र गणेश तिमल्सिना परिवारले खाद्यान्न सहयोग गरेका छन् । हेटौंडा १ चौकिटोलमा रहेको ओम वृद्धाआश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेका हुन् ।
आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई ७५ किलो गहुँको पिठो, ३० किलो चामल सहित नगद हस्तान्तरण गरिएको थियो । आश्रममा ३३ जना जेष्टनागरिकहरु रहेका छन् । काभिड महामारीको बेला खाद्यान्न अभाव हुन सक्ने भएकाले एलिसराज सञ्जेलको समन्वयमा खाद्यान्न सहयोग गरिएको थियो ।








