
दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई निषेधाज्ञाको अवधिभर हरेक दिन विहानको खाना खुवाउदैं आएकोमा आज सातौ दिनमा २०५ जनालाई खाना खुवाइएको छ ।
रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसन सिद्धिलाल श्रेष्ठको विशेष सहयोग र अन्य व्यक्तित्वहरुको साथमा मंगलबार हुप्रचौरमा १०१ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि ८० जना र असहाय बिरामीहरुका लागि घरमुखी सेवाबाट २५ जना गरी कुल २०५ जनालाई खाना खुवाइएको रोटरीका अध्यक्ष कविन साँगामीले बताए ।
यसैगरी हेटौंडा अस्पतालमा उपचाररत ८९ जना बिरामीहरुलाई निशुल्क बिहानको नास्ता (अण्डा र मुँगको दाल) प्रदान समेत गरिएको छ । कार्यक्रम निरन्तरता दिनको लागि विभिन्न संघसंस्था, व्यक्ति र व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् । सोही क्रममा आज सातौ दिनको निशुल्क खाना सहयोग प्रदीपराज बज्राचार्य एण्ड सन्सका प्रोप्राईटर प्रदीपराज बज्राचार्यले सहयोग गरेका हुन् । यस्तै कुमार थोकर, मिमा भुषाल चौलागाईले ५/५ हजार र रम्भा बज्राचार्यले बुवा स्व. मदन गोपाल शाक्यको ( बाग्लुङ) स्मरणमा ५ हजार सहयोग गरेका छन् ।








