समाचार

अस्पताललाई दुधजन्य पदार्थ सहयोग

संवाददाता

विश्व दुध दिवसको उपलक्ष्यमा दुध तथा दुग्ध पदार्थको नियमित सेवन कोरोना भाइरस विरुद्ध दीर्घ जिवनको नारा साथ पशु पंछी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले मंगलबार हेटौंडा अस्पतालको स्वास्थ्यकर्मीहरु र कोभिड संक्रमितलाई दुध तथा दुग्ध जन्य पदार्थ हस्तान्तरण गरेको छ ।

पशु पन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक रामप्रकाश प्रधानले हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाइ दुध ५०० लिटर ,२० केजी खुवा, १५ केजि पनिर,१५ केजी घ्यु हस्तान्तरण गरेका थिए ।

निर्देशनालयले कोरोनाको महामारीमा अग्रपंक्तिमा सेवारत स्वास्थ्यकर्मी र संक्रमितलाई सहज तथा रोग सँग लड्न क्षमता बढोस् भनेर दुग्ध जन्य पदार्थ हस्तान्तरण गरेको जानकारी दिएको छ ।