
कोरोना संक्रमितलाई सुरक्षित रुपमा राखिएको गौरिटार आइसोलेसनमा मोवाइल एसोशियसन अफ नेपाल (म्यान) मकवानपुरले खाद्यान्न तथा माक्स सहयोग गरेको छ । म्यान मकवानपुरका सदस्य नरेश केशरीको कोभिड संक्रमणबाट निधन भएको १३ औं दिनको पुण्य तिथिको दिन पारेर खाद्यान्न तथा माक्स सहयोग गरेको अध्यक्ष दिनेश लामाले बताए ।
आइसोलेसनमा रहेका विरामीको लागि १५ कार्टुन पानी, ८० प्याकेट विष्कुट, १० प्याकेट सुप, ५ प्याकेट सातु, साढे २ किलो ओखर, १० किलो स्याउ, एक हजार थान माक्स, ८ थान फेस शिल्ड सहयोग गरेको अध्यक्ष लामाले बताए ।
कार्यक्रममा म्यान मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष एसिस रिजाल, महासचिव राजकुमार दाहाल, कोषाध्यक्ष नवराज चौलागाई, सदस्यहरु नवराज त्रिपाठी, शीवराज बास्तोला लगायतको उपस्थिती रहेको थियो ।








