समाचार

नेपालमा ४७६२ संक्रमित थपिए, ६४९१ निको

संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ११४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।